पृष्ठभुमी
डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो । समुद्री सतहबाट १३०० देखि ७,६२५ मिटर सम्मको उचाइमा अवस्थित डोल्पा भौगोलिक र साँस्कृतिक रुपमा तल्लो डोल्पा र उपल्लो डोल्पा गरी दुइ क्षेत्रले परिचित छ । संघिय संरचना अनुसार हाल डोल्पा जिल्लालाई आठ वटा स्थानीय तहहरुमा विभाजन गरिएको छ । जसअन्तर्गत उपल्लो डोल्पामा तिनवटा स्थानीय तहहरु शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिका रहेका छन् । स्थानीय भाषामा यस क्षेत्रलाई त्होल्पो भनिन्छ जसको अर्थ पहिरो जस्तो चारैतर्फबाट मानिस जम्मा हुनु हो अथवा प्रकृतिक स्राेतको भरिपूर्ण हो । वि.सं. २०१७ साल भन्दा पहिले स्वदेशी तथा विदेशी लेखकहरुले निकालेका लेख, पुस्तक र नक्शाहरुमा त्होल्पोको सट्टा डोल्पो उल्लेख गरेको पाइन्छ । यसैका आधारबाट वि.सं. २०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । यही नाम परिवर्तन हुन गई हाल यस जिल्लालाई डोल्पा नामले चिनिन्छ ।
डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठुलो जिल्ला हो । समुद्री सतहबाट १३०० देखि ७,६२५ मिटर सम्मको उचाइमा अवस्थित डोल्पा भौगोलिक र साँस्कृतिक रुपमा तल्लो डोल्पा र उपल्लो डोल्पा गरी दुइ क्षेत्रले परिचित छ ।
समग्र डोल्पा जिल्लाको ऐतिहासिक प्रादुर्भावको महत्व बोकेको त्होल्पो (डोल्पो) क्षेत्रका गाउँहरु समुद्री सतहदेखि ३७००–४३०० मिटर सम्मको उचाइमा रहेका छन् । यस क्षेत्रको अधिकांश भुगोल अर्ध–मरुभूमि जस्तै छन् । यहाँ विषम जलवायु र कठिन भुगोल भएकोले जाडो याममा यहाँको तापक्रम अधिकतम २० र न्युनतम –३० देखि –४० डिग्री सेल्सियससम्म पुग्दछ । जसले गर्दा यहाँको बासिन्दा कष्टकरपुर्ण जिवन गुजार्न बाध्य छन् । अधुनिक विकासका दृष्ट्रिकोणले पछि परेको अधिकांश गाउँहरुमा आलु र जौ गरी दुई प्रकारका बाली मात्र उत्पादन हुने भएकाले कृषि उत्पादनबाट मात्र जिविकोपार्जन हुन मुश्किल छ । साथै हाल गरिएको पशुपालनले मात्र पनि यहाँका बासिन्दाको आधारभूत जीविकोपार्जन मुस्किलले धानिरहेको अवस्था छ ।
यहाँको विषम जलवायु र कठिन भुगोलमा अनुकुलन गर्नको लागि स्थानीय संस्कृति तथा प्रकृतिसँग मिल्दोजुल्दो तवरले निर्माण गरिएका यहाँका घरहरू वास्तुकलाका आधारमा आफैंमा अद्वितीय छन् । अघिल्लो पिँढीबाट हस्तान्तरण भएको परम्परा, भाषा (डोल्पो बोली) र सीप लाई शुद्धतम रूपमा सुरक्षित राखिएको छ । कठिन जनजिवनका वावजुद पनि यो क्षेत्र प्राकृतिक, धार्मिक, साँस्कृतिक सौन्दर्यका हिसाबले भरिपुर्ण छ । यो ठाउँ यार्चागुम्बा लगायतका बहुमुल्य जडिवुटीहरु पाउनुका साथै लोपोन्मुख जिव हिउँचितुवा लगायतका अन्य वन्यजन्तुहरुको वासस्थान समेत हो । यी सबै दृष्ट्रिकोणबाट हेर्दा डोल्पो क्षेत्र, त्यहाँको संस्कृति र जिवनपद्धति नै पर्यटकका लागि आकर्षण हुन् ।
विकास र सहजताका हिसाबले डोल्पा जति पछाडी छ पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपुर्ण गन्तव्य हो । विश्व पर्यटन बजारमा नेपाल एउटा छुट्टै पहिचान बोकेको महन्वपुर्ण गन्तव्य हो भने डोल्पा जिल्ला विशेषगरी साहसिक पर्यटनको लागि हिडनल्याण्ड हो । डोल्पा विशेषगरी बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरुले विविध अनुभुति हासिल गर्न सक्दछन् । जसका लागि खस तथा मष्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमी आदीबाट अलौकिक अनुभुती लिन सकिन्छ । यी मध्ये उपल्लो डोल्पा(डोल्पो) क्षेत्र बाह्य पर्यटकहरुको आगमनको लागि नौलोे गन्तव्य हो ।
यहाँ प्राकृतिक रुपमा पुथा हिमाल, कान्जिरोवा हिमाल, धवलागिरी, मुकोट, डाँफेसेल, नोर्वुकाङ्ग, शे शिखर, डोल्पो, चुरेन हिमाल, लगायत अन्य नाम नखुलेका सयौं हिमालहरु, फोक्सुन्डो ताल, फोक्सुन्डो झरना, घ्याकुचिन लगायतका हिमतालहरु छन् । त्यसैगरी धार्मिक रुपमा शे–रिवो ड्रुक्टा(क्रिष्टल माउन्टेनं), कुलापासाङ्ग, बुद्धरिवो, पावरी (पावड्रुङ्गा) लगायत हजारौं वर्ष पुराना धार्मिक स्मारकहरु शे–गुम्बा, साम्लिङ्ग बोन गुम्बा, रिवोभुम्वा गुम्बा, बोनछोवा गुम्बा, याङ्गजेर गुम्बा लगायत अन्य गुम्बाहरु रहेका छन् । साँस्कृतिक रुपमा डोल्पो संस्कृति, आम्चि पद्दती, डोल्पो भाषा र भेषभुषा, स्याब्रो(डोल्पो नृत्य) याक्पा(क्याराभान), द्या–ग्याग(तीर हान्ने) लगायत डोल्पो जनजीवन आदी पर्दछन् ।
पर्यटकीय दृष्ट्रिकोणले प्रचुर सम्भावना हुँदाहुँदै पनि भौगोलिक विकटता भएको यस क्षेत्रमा आवश्यक पुर्वाधार विकास र यथेष्ट प्रचार प्रसार नभएकोले आशातित पर्यटकको गन्तव्य बन्न नसकेको अवस्था छ । तसर्थ सन् २०२० सम्म नेपाल सरकारले विस लाख पर्यटक भित्राउने लक्षका साथ तय गरेको राट्रियस्तरको कार्यक्रम नेपाल भ्रमण वर्ष २०२० को पुर्वसन्ध्यामा यसलाई टेवा पुर्याउने ध्येय राखि नेपाल सरकारद्धारा घोषित “समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय अभियानको साझेदार बन्न “डोल्पो महोत्सव २०७६”आयोजना गर्न लागिएको हो ।
डोल्पो महोत्सव २०७६
दर्शन डोल्पोको, आर्जन शान्तिको
“दर्शन डोल्पोको, आर्जन शान्तिको” भन्ने मूल नाराकासाथ वि.सं.२०५१ सालमा स्थापना भएको क्रिस्टल माउन्टेन आधारभुत बिद्यालयको स्थापना दिवस एवम् रजत जयन्तीको सुअवसर समेत पारी डोल्पो क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाइ, सञ्चार, यातायात, वातावरण तथा संस्कृतिमा डोल्पोबासीले सामना गर्नुपरेका चुनौतीबारे प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गर्नुका साथै डोल्पो क्षेत्रलाई नेपालको एक प्रमुख पर्यटकिय गन्तव्य बनाई समुदायको सामाजिक र आर्थिक पक्ष सुधार्न समुदायमा आधारित पर्यावरणीय पर्यटनलाई प्रोत्साहान गरी डोल्पामा पर्यटन प्रवद्र्धन गर्ने हेतुले मिति २०७६ भाद्र २४ देखि २८ गतेसम्म डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पो संस्थाको संयुक्त आयोजनामा डोल्पो क्षेत्र को मध्य भागमा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र तथा विश्वका अग्ला मानववस्तिमध्येको एक मानववस्ति धो तरापमा विभिन्न कार्यक्रमहरू सहित डोल्पो महोत्सव र क्रिस्टल माउन्टेन बिद्यालय रजत जयन्ती आयोजना गर्न गइरहेका छौँ ।
महोत्सवका मुख्य आकर्षणहरू
- सर्वप्रथम, यस महोत्सवले डोल्पोका प्राकृतिक सम्पदालाई विशिष्ट रूपमा दर्साउनेछ । सुन्दर हिउँले ढाकिएका घङ् चेन्रल्वा, सेरिभो, घङ् नोर्बु, घङ् ताइका लगायतका हिमालहरू, निलो रङको फोक्सुन्डो ताल तथा ठुलो झरना यहाँका आकर्षण हुन् । डोल्पो, घमी ला (५,६९४ मि), बागा ला (५१६० मि), नुमा ला (५,३१० मि), च्यार्को ला, मर्युम् ला, काङ्ग ला (५,३६० मि) तथा शे ला (५,०१० मि) र छोयला जस्ता उच्च मार्गहरू सहितको उच्च हिमाली क्षेत्र हो ।
- दोस्रो, यस महोत्सवले यस भेगको सांस्कृतिक सम्पदालाई पनि जोड दिनेछ ।
- त्सो (अर्थात् रिङ्गमो), पुङ्गमो, धो तराप तथा बिजेरका गाउँहरूमा बुद्धपूर्व बोनको अझै पनि अभ्यास गरिन्छ । स्तूपजस्ता जिजिवोबर, कालसाङ्गवोबर तथा यङ्गड्रङ्गवोबर जस्ता बोन वास्तुशिल्पीय सम्पदाहरू यस भेगका मुख्य आध्यत्मिक ऐतिहासिक स्थल हुन् ।
- बौद्ध न्यिङ्मापा सांस्कृतिक सम्पदा बौद्धपूर्व बोन धर्मसँगै शान्तिपूर्वक सहअस्तित्वमा छन् । त्यहाँ शे गुम्बा, रिभो बम्पा गुम्बा, साम्लिङ्ग गुम्बा, याङ्गत्सर गुम्बा, गागर गुम्बा, जम्पा गुम्बा, ङिमाफु गुम्बा र त्होलुङ्ग गुम्बा जस्ता शताब्दीयौँ पुराना गुम्बाहरू पनि छन् । यी शताब्दीयौँ पुराना विहारहरू पूजा गर्ने स्थान हुनुका साथै, बोन तथा बौद्ध शिक्षाको माध्यमबाट आन्तरिक विकास, शान्ति तथा मेलमिलापप्रति डोल्पोवासीको समर्पण र निष्ठाका प्रमाण पनि हुन् ।
- तेस्रो, यस महोत्सवमा स्थानीय सांस्कृतिक नृत्य (साब्ड्रो), सङ्गीत, गीत तथा परम्परागत वेशभूषाको पनि प्रदर्शनी गरिनेछ ।
- चौथो, यस महोत्सवमा स्थानीय खाना, हस्तकला, कलाकृति, तथा घोडा दौड र तीरन्दाजी जस्ता परम्परागत खेलको पनि प्रस्तुति हुनेछ ।
- यी सबै सांस्कृतिक तथा प्राकृतिक सम्पदा महोत्सव स्थल अर्थात् मानव बस्ती रहेको पृथ्वीको उच्चतम स्थान धो तराप उपत्यकामै छन् ।
- महोत्सवका दौरान तिन दिवसीय बहुविधात्मक निःशल्क स्वास्थ्य सिविर पनि यहाँ सञ्चालन गरिनेछ । डोल्पोबासीका लागि महोत्सव अवधिभर गरिने उक्त सिविरको नेतृत्व ‘एकएक पाइला’का विशेषज्ञहरूले गर्नेछन् ।
मिति याद राख्नुहोला : २०७६ भाद्र २४ देखि २८ गतेसम्म
उद्देश्यहरू
यस डोल्पो महोत्सवको समग्र उद्देश्य भनेको डोल्पोबासीले सामना गर्नुपरेका चुनौती तथा सम्भावनाका बारे सरकारको ध्यान आकृष्ट गर्नका साथै डोल्पोमा समुदायमा आधारित गुणस्तरीय पर्यावरणीय पर्यटनलाई प्रवद्र्धन गर्नु हो । यस महोत्सवका विशिष्ट उद्देश्यहरू यस प्रकारका छन्ः
- राष्ट्रियस्तरको कार्यक्रम नेपाल भ्रमण वर्ष सन् २०२० सफल बनाउने ।
- समग्र डोल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने ।
- शताब्दीऔँ पुराना सांस्कृतिक तथा प्राकृतिक अदभूत सम्पदाहरूको संरक्षण गर्ने ।
- डोल्पो क्षेत्रको वर्तमान समस्याहरु उजागर गरि समाधान तथा दिगो बिकासका लागि पहल गर्ने ।
डोल्पो महोत्सवमा सञ्चालन गरिने क्रियाकलापहरू
- उच्च ओहदाका लामाहरू (रिम्पोचे)बाट अध्यात्मा र वातावरण सम्बन्धी प्रवचन तथा जीवन सशक्तीकरण सम्बन्धी क्रियाकलाप ।
- विभिन्न गुम्बाहरूबाट मुखौटा नृत्य ।
- विभिन्न गाँउहरूबाट सांस्कृतिक नृत्यहरू (स्याब्डो)का साथै अन्य नृत्यहरू ।
- (डोल्पो क्षेत्रबारे बनाइएका) वृत्तचित्रहरूको प्रदर्शनी ।
- बृहत निशुल्क स्वास्थ्य सिविर ।
- हस्तकला, परम्परागत साधनहरू, बुनाइका विधिहरू, निर्माण उपकरण, कलाकृतिहरू, चित्रकला, प्रस्तरकलाको प्रस्तुति
- घोडा दौड, तीरन्दाजी (द्या ग्याग) आदि परम्परागत खेलहरुको प्रदर्शन ।
- बुद्धरीजस्ता तीर्थस्थल जाने पदमार्गको खोजी, हिउँचितुवाजस्ता वन्यजन्तु हेर्नका लागि धोबाट नजिकैको हिमालसम्म पैदल यात्रा, धो उपत्यका भ्रमण तथा विहार अवलोकन ।
- अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगीताहरू, स्थानीयवासी, स्थानीय प्रतिनिधि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बौद्धिक व्यक्तित्वहरूसँग डोल्पोको विकासबारे छलफल ।
- डोल्पो क्षेत्रमा काम गर्ने विभिन्न विषय र क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान ।
सम्भावित कार्य तालिका
डोल्पो महोत्सवका कार्यक्रमलाई दुई वटा विषयवस्तुमा विभाजन गरिएको छ ः प्राकृतिक र सांस्कृतिक । प्राकृतिक विषयवस्तु अन्तर्गत अवलोकनका लागि नयाँ ठाउँको खोजी र विद्यमान पदमार्गमा लामो पैदल यात्रामा यस महोत्सव केन्द्रित हुनेछ भने सांस्कृतिक विषयवस्तू अन्तर्गत माथि उल्लेखित सांस्कृतिक क्रियाकलापहरूको आयोजना र संयोजन गरिनेछ ।
- मङ्गलबार, २४ भाद्र २०७६
उद्घाटन, पाहुनाहरूको स्वागत, सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी - बुधबार, २५ भाद्र २०७६
क्रिस्टल माउन्टेन बिद्यालयको रजत जयन्ती समारोह, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी, स्वास्थ्य सिविर - बिहिबार, २६ भाद्र २०७६
स्थानीय समुदायको छुट्टाछुट्टै कार्यक्रम प्रस्तुति; विभिन्न गाउँलेहरूबाट सांस्कृतिक नृत्यहरू, घोडा दौड, तीरन्दाजी आदि - शुक्रबार, २७ भाद्र २०७६
लामा गुरुज्युबाट जीवन सशक्तीकरण (वाङ्) र प्रवचन, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी, स्वास्थ्य सिविर - शनिबार, २८ भाद्र २०१९
बुद्ध–री को परिक्रमा, धो तराप उपत्यकामा पैदल यात्रा र महोत्सवको समापन कार्यक्रम
प्रतिफल
हामीले यस डोल्पो महोत्सवबाट निम्न कुराहरूको अपेक्षा गरेका छौँ ः
- शिक्षा, स्वास्थ्य, यातायात, संस्कृति तथा प्रकृतिसँग सम्बन्धित विषयमा सामना गर्नुपरेका चुनौतीलाई सम्बोधन गर्दै डोल्पो भेगको दिगो विकासका लागि केन्द्रीय तथा प्रदेश सरकारको ध्यानकर्षण हुनेछ ।
- पर्यटक आगमनको सङ्ख्यामा वृद्धि भई स्थानीय नागरीकहरुको जिविकोपार्जनमा सुधार हुनेछ ।
- समग्र देशको राजस्व वृद्दिमा टेवा पुग्नेछ ।
- यस भेगमा रहेका स्थानीय साना होटल तथा होमस्टे संचालनमा प्रोत्साहन मिल्नेछ ।
- स्थानीय सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, वनस्पति र रुखबिरुवा तथा पशुपन्छीको संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि हुनेछ ।
- स्थानीयहरूबीच सांस्कृतिक स्रोतप्रति अपनत्वको भावना जगाउने तथा आगन्तुकहरूले डोल्पो क्षेत्र सम्बन्धी जानकारी पाउनेछन् ।
- डोल्पो क्षेत्रमा आउने पर्यटकहरुका कारणले डोल्पा मात्र लाभान्वित नभइ देशको अन्य क्षेत्रहरु समेत आर्थिक रुपले लाभान्वित हुनेछन् ।
- राष्ट्रीय तथा अन्तराष्ट्रीय जगतमा डोल्पाको प्रचार प्रसार हुनेछ ।
ठोस उपलब्धिहरू
- डोल्पो क्षेत्रको सानो विवरण पुस्तिका तथा नयाँ पदमार्ग संलग्न गरिएको चाखलाग्दो लामो पैदल यात्रा र छोटो पदयात्राका लागि भ्रमण तालिका सहितको नयाँ नक्सा
- डोल्पो संस्कृति र प्रकृति तथा कार्यक्रमको प्रचार प्रसारका लागि एउटा वृत्तचित्र
- http://www.visitdolpo.org वेबसाइट, कफि–टेबल किताब तथा डोल्पोका लागि अन्य उद्देश्यमा पछि प्रयोग गर्ने गरी महोत्सवमा खिचिएका तस्बिरहरूको सङ्ग्रह तथा सांस्कृतिक र प्राकृतिक सम्पदाको अभिलेखीकरण
- डोल्पोको दिगो पयर्टन विकासका लागि यस महोत्सव पश्चात् डोल्पो पयर्टन विकास समितिको स्थापना
- पदमार्गमा चिह्न लगाउने, स्थानीय उत्पादनको ब्रान्डिङ्, पर्यावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि, नयाँ पर्यटकीय गन्तव्य खोज तथा पहिचान आदि ।
आयोजकः
डोल्पोबुद्ध गाउँपालिका भिजन डोल्पो
(डोल्पो महोत्सव मुल आयोजक समिति)
सह–आयोजकः
छार्काताङसोङ गाउँपालिका
शे–फोक्सुण्डो गाउँपालिका
सहयोगी निकायः
संस्कृति,पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय, सिंहदरबार काठमाडौं नेपाल
वन तथा वातावरण मन्त्रालय, सिंहदरबार काठमाडौं नेपाल
उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, सिंहदरबार काठमाडौं नेपाल
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश, नेपाल
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, नेपाल
जिल्ला समन्वय समिति, डोल्पा
ठुलीभेरी नगरपालिका डोल्पा
त्रिपुरासुन्दरी नगरपालिका डोल्पा
काइके गाउँपालिका डोल्पा
मुड्केचुला गाउँपािलका डोल्पा
जगदुल्ला गाउँपालिका डोल्पा
डोल्पा उद्योग वाणिज्य संघ डोल्पा
एक–एक पाइला
कर्णाली पर्यटन उद्यमी समाज
प्रवद्र्धकः
नेपाल पर्यटन बोर्ड
नेपाल भ्रमण वर्ष २०२०
TAAN Nepal
Tour Operator
Explore Dolpo Treks and Expedition Pvt. Ltd Kathmandu
Himalayan Companion Treks and Expedition Pvt. Ltd. Kathmandu
Wild Yak Travels and Tours Pvt. Ltd. Kathmandu
Flight Partner:
Tara Air
Summit Air
Nepal Airlines
Bank Details:
Rastriya Banijya Bank Ltd.
A/C No- 188000005501
A/C Name- Vision Dolpo
सम्पर्कः
ग्याल्पो थापा भोटे
संयोजक, डोल्पो महोत्सव मुल आयोजक समिति
सम्पर्क कार्यालय, बौद्ध ६, काठमाडौं
फोन नं.ः ९८६९३९९०६८
ईमेलः dolpofestival2019@gmail.com
Leave a Reply